JIN0TkF.gif
JINuGe4.gif

अब विदेश जानेले तत्काल लाइसेन्स प्रिन्टका लागि अनलाइनबाटै निवेदन दिन सक्ने

चितवन –  यातायात व्यवस्था विभागले शीघ्र सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) आवश्यक पर्ने नेपाली नागरिकको आवदेन अनलाइनबाट लिने भएको छ । ​

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

विभागले पुस १५ गतेदेखि उक्त व्यवस्था सुरु गर्न लागेको हो ।

अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक र शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना तथा नेपाल प्रहरीका लागि सवारी चालक अनुमतिपत्र शीघ्र प्रिन्ट गर्न विभागको अनलाइन सवारी चालक अनुमतिपत्र प्रणालीको पोर्टल मार्फत निवेदन दिन सक्नेछन् ।

विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले टेकपानासँग कुरा गर्दै भने, ”अर्जेन्ट सवारी चालक अनुमतिपत्र प्रिन्ट गर्नुपर्ने छ भने नेपाली नागरिकले अनलाइनमार्फत कारणसहित आवदेन दिनुपर्ने हुन्छ । यदि कारण प्रस्ट खुलेको छ भने हामी तीन दिनभित्र प्रिन्ट गरेर लाइसेन्स दिन्छौं ।”

प्राविधिक समस्या आएन भने स्मार्ट कार्ड छपाई गरी विभागको सहायता कक्षवाट वितरण हुनेछ । त्यसैले सवारी चालक अनुमतिपत्र लिन आउँदा उक्त पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति र अनलाइन निवेदनको प्रिन्ट लिई विभागमा जानुपर्नेछ ।

What’s your Reaction?
+1
103
+1
12
+1
0
+1
0
+1
77
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000